निजगढ,बारा जिल्ला तेक्वान्दो संघ, निजगढको तेस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ ।निजगढ– ८ स्थित तेक्वाण्डो कभर्ड हलमा आयोजित साधारण सभाको नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामाले उद्घाटन गर्नुभएको थियो ।

साधारण सभामा प्रस्तुत अध्यक्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सुझावसहित पारित भएको छ । संघका सदस्य नवराज खड्काले प्रतिवेदन बाचन गर्नुभएको थियो । कार्यक्रममा संघका प्रदेश महासचिव लामा, खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठलगायत सहभागी थिए ।कार्यक्रममा निजगढ– १ सिंगौलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेक्वान्दो डोजाङ्गलाई उत्कृष्ट तेक्वान्दो डोजाङ्गबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश महासचिव लामा र संघका जिल्ला अध्यक्ष चित्रकुमार लामाले डोजाङ्ग प्रमुख मानबहादुर तामाङ्गलाई सम्मान–पत्रसहित सम्मानित गर्नुभएको थियो ।

Leave a Reply