रौतहट,रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मंगलवार राति निधन भएको हो ।रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महतले पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँ अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता हुनुहुन्थ्यो । साथै चन्द्रनिगापुरस्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाईनका सञ्चालक समेत रहेनुभएको थियो ।
स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेशको संस्थापक अध्यक्ष समेत रहनुभएको थियो । महतको बुधवार नै बागमती नदीमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्तासहित प्रेस चौधरी नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी विभिन्न राजनीतिक दलका कार्यकर्ता र स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो । महतको श्रीमती र २ छोराछोरी रहेका छन् ।