कलैया,बारा प्रहरीले आँपको क्यारेटमा लुकाएर राखिएको चार हजार पाँच सय गोटा प्रतिबन्धित लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको छ ।बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ४ हर्नैया चौकबाट बेवारिसे अवस्थामा राखिएको आँपको दुई वटा क्यारेटबाट इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिमाणको लागू औषध बरामद गरेको हो ।प्रहरी टोलीले आँपको क्यारेट बरामद गरी कार्यालयमा ल्याई खोली हेर्दा क्यारेट मुनिबाट प्रतिबन्धित लागू औषध एम्पुल ४ हजार ५ सय गोटा बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले नोर्फिन १५०० पिस,फेनारगन १५०० पिस र डाईजोपाम १५०० पिस बरामद भएको जनाएको छ ।

Leave a Reply