वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पटेर्वासुगौली गाउँपालिका–१ स्थितदुग्धेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाममासाउने मेला सुरु भएको छ ।मेलाको पहिलो दिन आइतवार नेपाल र भारतका विभिन्न स्थानबाट जल बोकेर आएका हजारौं बोलबम कावरियाहरूले दर्शन गरेका छन । आइतवार बिहानैदेखि मन्दिरमा दर्शनका लागि आउनेहरुको भिड लागेको थियो ।

ऐतिहासिक तथा धार्मिक महत्वको सो मन्दिरमा साउन महिनाभरि भक्तजनहरू आफ्नो भाकल पूरा गर्न भाथाको दुग्धेश्वरनाथ महादेव मन्दिर पुग्ने गरेका छन । मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीका अनुसार साउन महिनाभर लाग्ने मेलामा प्रत्येक सोमवार करिब पाँच हजार भक्तजनको आगमन हुने अनुमान गरिएको छ ।
पर्सा, बारा, रौतहट, चितवन, मकवानपुरलगायतका जिल्लाका साथै भारत बिहार राज्यका विभिन्न क्षेत्रका श्रद्धालुहरू भाथा पुग्ने गरेका हुन ।मन्दिरमा वर्षको चारपटक—साउन महिनाभर, माघको वसन्त पञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशीमा मेला लाग्नेगर्छ ।शनिवार मन्दिर परिसरस्थित धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा मन्दिरको ऐतिहासिकता, धार्मिक महत्व र पर्यटन सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो ।

अध्यक्ष कुर्मीले पर्साबाट संघीय र मधेस प्रदेश सरकारमा पाँच जना मन्त्री रहेको भए पनि मन्दिरको विकासमा राज्यको सहयोग नपाएको गुनासो गर्दै स्थानीय तथा सङ्घीय सरकारको चासो माग गर्नुभयो । उहाँका अनुसार पर्यटन विकास कार्यालय वीरगञ्जले सम्पन्न सौन्दर्यीकरणको कामको रकम भुक्तानीसमेत रोकिएको छ ।
कार्यक्रममा मेला समितिका सल्लाहकार भागवत चौधरीले मन्दिर झन्डै एक सय वर्ष पुरानो भएको र पर्साको धार्मिक पहिचानको प्रतीक बनेको बताउनुभएको थियो ।नेपाल पत्रकार महासङ्घका सदस्य प्रमोद यादवले मन्दिर क्षेत्रलाई चितवनको सौराहा वा मनकामनासँग तुलना गर्दै आवश्यक पूर्वाधार निर्माण गर्न प्रचार प्रशारमा सरकारको ध्यान गएको खण्डमावर्षभरि नै यस क्षेत्रमा पर्यटनको आवागमन हुने उल्लेख गर्नुभयो ।यस पटकको मेलामा श्रद्धालुहरुको सुविधानको लागि खानेपानी, अस्थायी शौचालय, नेपाल टेलिकमको टावर, नदीको पानी पाइपमार्फत ल्याउने व्यवस्था तथा दुई वटा वाटर ट्याङ्करको समेत प्रबन्ध गरिएको मेला समितिले जनाएको छ ।पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, प्रचारप्रसार समितिका अध्यक्ष शम्भु महतोलगायतको उपस्थिति थियो ।

Leave a Reply