कलैया,मधेश प्रदेश सरकारले संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत चालु आर्थिक वर्षको २०८० को अन्तिमसम्म छोरी शिक्षा बीमामा मात्रै ५३३ जना छोरी बीमित भएका छन् ।१३ सय छोरीको बीमाको लागि अनलाइन फारम भरिए पनि बजेट अपुग भएपछि कार्यक्रम रोकिएको थियो । आर्थिक वर्षकै आधार मान्ने हो भने २०८०÷८१ को नवौं महिना चैत हो । यो हिसाबले यस वर्ष जन्मिएका कम्तीमा ३० हजार छोरी बीमित हुनुपर्दथ्यो । त्यो नभए पनि छोरी शिक्षा बीमाको वार्षिक लक्ष्यको आधारमा पनि कम्तीमा १९ हजार छोरीको बीमा हुनुपर्दथ्यो ।

प्रदेश सरकारले छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्दै महिला सशक्तीकरणका लागि ल्याएको यो अभियानको १ माघ २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मधेस सरकारको गौरवका योजनाको रूपमा वीरगञ्जमा समुद्घाटन गर्नुभएको थियो ।कार्यक्रमअनुसार १ माघ २०७५ यता मधेशका आठ वटै जिल्लामा जन्मिने छोरीलाई प्रभु बैंकसँग सम्झौता गरेर सुरुमा १ लाख २५ हजारको बीमा सुरु गरियो । पछि रकम थपेर ३ लाख पु¥याइयो ।

एक जना छोरीको बीमाको लागि ३७ हजार ४५३ रुपैयाँ प्रिमियम सरकारको तर्फबाट प्रभु बैंकमा जम्मा गरियो । बीमित नवजात छोरीले एसईई पास र २० वर्ष उमेर पूरा गरेपछि ३ लाख रुपैयाँ पाउने व्यवस्था ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेख छ ।‘बीमा÷मुद्दती खाताको समयावधि बढीमा २० वर्ष राखिएको छ । निर्धारित अवधि पश्चात् खातावाला छोरीले एसईई पूरा गरेको प्रमाण पेश गरेपछि निर्देशनालयको सिफारिस र अन्य आवश्यक कागजात प्राप्त भइसकेपछि मात्रै बालिकाको खातामा जम्मा भएको रकम नियमानुसार प्राप्त हुने ब्याज, बोनस सहित सेवा प्रदायकले बीमित÷मुद्दती बचतकर्तालाई भुक्तानी गर्नुपर्नेछ’ कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here