आरके राजन
सिम्रौनगढ,नेपाल रेडक्रस सोसाइटी सिम्रौनगढ उपशाखाको सभापतीमा प्रदीपकुमार कुशवाहा चयन हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनले कुशवाहाको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको हो ।
सिम्रौनगढस्थित उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न रेडक्रस सोसाइटी सातौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपसभापतीमा निषापती देबी, सचिवमा कृष्णनन्दन गुप्ता, सहसचिवमा प्रभु गिरी, कोषाध्यक्षमा प्रेमचन्द्र दास, सहकोषाध्यक्षमा सन्दिप कुमार, र सदस्यमा शम्भु प्रसाद, लालबाबु प्रसाद, अजय कुमार, सन्ध्या देबी, बीरबहादुर कुशवाहा रहेका छन् ।शम्भुप्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न अधिवेशनको नेपाल रेडक्रस बारा शाखाका वरिष्ठ कार्यालय सहायक सन्तोष नेपाल निर्वाचन अधिकृत रहेको दुई सदस्यीय टोलीले निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न गरेको जानकारी दिइएको छ ।

Leave a Reply