सिमरा,सिटी भेट्रान वीरगञ्जले प्रथम पथलैया भेट्रान फूटबल प्रतियोगिताको उपाधि उचालेको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर खेल मैदानमा शनीवार साँझ भएको फाइनल खेलमा विकासशील भेट्रान क्लब सिमरालाई २–० ले पराजित गर्दै वीरगञ्जले उपाधि उचालेको हो ।

उपाधिसंगै वीरगञ्जले ५० हजार र उपविजेताले सिमराले २५ हजार नगद हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ओमलाल क्षेत्री घोषित भएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार समेत पाएका उनले एक थान साइकल प्राप्त गरेका छन् ।विधागततर्फ प्रतियोगिताको उत्कृष्ट मिडफिल्ड विकासशीलका डेनिश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वीरगञ्जका रामबाबु चौधरी, उत्कृष्ट गोलरक्षक वीरगञ्जका विनोदकुमार चौधरी घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याच वीरगञ्जका तेजबहादुर मगर घोषित भएका छन् ।विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा १ का वडा सदस्य अमन लामा, जीतपुरसिमरा २ का वडा सदस्य बिशाल घिमिरे, नेपाली कांग्रेसकी नेतृ मेघा शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा पथलैया भेट्रान क्लबले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका १५ टिमको सहभागिता थियो ।

Leave a Reply