सिमरा,सेवाग्राहीसँग घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष ताराबहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।२०८० साल पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष कार्कीलाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । वडा अध्यक्ष कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुवर र तेजनारायण सिंह राईको इजलासले बिहीवार वडा अध्यक्ष कार्कीलाई दोषी ठहर गरेको हो ।२०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की वडाध्यक्षमा निर्वाचित भएका थिए ।



















