पुष्पराज खतिवडा
मनहर्वा,निजगढबाट काठमाण्डौं जादै गरेको टाटा सुमो पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।ना १ ज ३८४७ नम्बरको सुमो बुधबार बिहान ८ बजेको समयमा अचानक ब्रेक फेल भएर सडकबाट पल्टिदा यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि घाइते हुनेहरुमा निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षका विकासकुमार चौधरी, सोही ठाउँका ६४ वर्षका नेथुलाल चौधरी, ६३ वर्षकी सजिया देवी चौधरी छन् । यस्तै निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने १७ वर्षका आदित्य भण्डरी, ३० वर्षकी सुमित्रा पौडेल न्यौपाने र उहाँको छोरा ८ बर्षका सारान्स न्यौपाने पनि घाइते भएका छन् ।्
यसैगरी जीतपुरसिमरा उपहानगरपालिका वडा नंम्बर १६ पिलुवा बस्ने ३१ वर्षकी आरति तामाङ र सिन्धुली दुधौली नगरपालिका वडा नंम्बर ९ बस्ने ७ वर्षको किसान पोख्रेल घाइते भएका हुन् । पोख्रेलको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेकोले बाराको परवानीपुरमा रहेको एल.एस.न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्यको शरीरको विभिन्न भागमा चोट लागेको र कार्की मेडिकल अमलेखगञ्जमा उपचारपछि घर फर्किएका छन् ।
दुर्घटना भएको सुमो र सोका चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षका दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।त्यसैगरी पूर्वपश्चिम राजमार्गको निजगढ पश्चिम जंगलमा पिकअप गाडीको ठक्करबाट सोमवार साझ मोटरसाइकलमा सवार हेटौडाका एकजना युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २४ का निशान श्रेष्ठ रहेका छन । दुर्घटनामा सोही ठाउ बस्ने अर्का एक युवक पनि घाइते छन ।वीरगञ्जबाट विराटनगरतर्फ जादै गरेको प्र न ०१०–२२ च ३१९७ नम्बरको पिकअप गाडीले निजगढबाट पथलैयातर्फ जादै गरेको श्रेष्ठ सवार प्र न. ३–०३–००१ प ००३९ नम्बरको मोटरसाइकललाई राजमार्गको १३ किलो नजिक जंगलमा साझ ५.४५ बजे ठक्कर दिएको थियो ।टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको उपचारको क्रममा निजगढस्थित सामुदायिक अस्पताल प्रसुति गृहमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार हेटौडा ११ बस्ने मिलन बरुवाल घाइते बनेका छन । बरुवालको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।पिकअपका चालक काभ्रे जिल्ला नवोवुद्ध नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २३ का सुरेश भुजेललाई भने निजगढ प्रहरीको नियन्त्रणमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here