नेपालको सन्दर्भमा राजनीतिमा नैतिकताको कुरा धेरै उठान हुने गर्दछ तर नैतिकता भने प्रदर्शन खासै भएको देखिदैन । कुरा उठ्दैमा कुनै पनि परिघटनाको दोषी कोही पनि हुदैन । अनुसंधानको क्रममा मात्रै प्रमाणित भएको खण्डमा दोषी हुने हो ।नेपालमा कुनै कुराको बहस हुँदा वा कुनै कुरामा प्रश्न उठ्दा नै दोषी करार गर्ने परिपाटी पनि छ । त्यसैले पनि नैतिकताको कसीमा हत्तपत्त कोही रहदैन । फेरि नेपालमा शासन सत्ताको नेतृत्वमा रहनेहरु जनताको वास्तविक मन जितेरभन्दा पनि यो वा त्यो कारणले सत्तामा पुगेको देखिन्छ ।

इतिहास हेर्दा नेपालमा न त राजखलकमा नैतिकता देखियो नत जनताको पक्षमा कम गरेको भनेर ध्वाँस लगाउने नेताहरु नै देखियो । नयाँ भनिएका राजनीतिक दलहरु पनि यो कुराबाट भने मुक्त छैनन् । त्यसैले त केही हिराशतमा नै बस्न परेको छ । नेपालमा नैतिकता सिकाउनेहरु पनि वास्तविक इमान्दार नहुँदा समस्या भएको हो ।

अहिले बर्तमान सरकारका दुईजना मन्त्रीमाथि अनियमितताको प्रश्न उठेको छ । अहिले अर्को सजिलो भ्रम फैलाउनका लागि पनि भएको छ । आफूले केही नगरेको प्रविधिको दुरुपयोग गरेको भन्नसम्म भ्याउने गरेका छन् । वास्तवमा प्रविधिको यस्तोमा दुरुपयोग हुन्न र भए कारबाहीको भागीदार जो पनि हुन्छ नै ।त्यसैले अब नैतिकता कताबाट शुरु गर्ने भन्ने प्रश्न नै मुख्य भएको छ । अब यी दुई मन्त्रीले किन राजिनामा दिने छैनन भने देशमा नै नैतिकताको खडेरी जारी छ ।

Leave a Reply