निजगढ,बसमा लुकाएर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले १८ लाख ४६ हजार ४२० रुपैया मुल्य बराबरको १० कार्टुन डिस्पोजेवल विद्युतीय सिगरेट बरामद गरेको छ ।काठमाण्डौंबाट रौतहटको मौलापुरतर्फ जादै गरेको प ३–०१–००६ ख १२८९ नम्बरको बसमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले बुधवार सो परिमाणको विद्युतीय चुरोट बरामद गरेको हो । प्रहरी सहायक निरीक्षक बालाराज गिरीको नेतृत्वको टोलीले पूर्वपश्चिम राजमार्गको तामागढी नजिक चेकजाचको क्रममा हिजो बिहान उक्त चुरोट बरामद गरेकोे हो ।अनलाइन र भ्याट बिलको मिति विपरीत ढुवानी गरिएको पाइएपछि चुरोट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त चुरोटको अनलाइन र भ्याट बिलमा काटिएको मिति २०८० भाद्र ३१ गते उल्लेख भएको तर हिजोको मितिमा ढुवानी गरिएको पाइएकाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । निरीक्षक श्रेष्ठले सामान ल्याउने मानिस फेला नपरेकाले बसलाई भनेर गन्तव्यतर्फ पठाइएको बताउनुभएको छ ।त्यस्तै बकैया खोलाबाट बालुवा चोरी तस्करी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले बुधवार ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया खोलाबाट अवैध रुपमा बालुवा लोड गरेको अवस्थमा ना ७ त ४९१८, ना ४ त ५७५९ र ना ७ त मात्र नम्बर उल्लेख भएको ३ वटा ट्याक्टर हिजो दिउसो ४ बजे निजयन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।प्रहरीलाई देखेपछि ट्याक्टर छोडेर भागेकाले चालकहरुलाई भने पक्राउ गर्न नसकिएको निरीक्षक श्रेष्ठले बताउनुभयो । बुधवार सार्वजनिक बिदा परेकोले नियन्त्रणमा लिएका ट्याक्टर बिहीवार निजगढ नगरपालिका कार्यालयमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here