कोल्हबी,माघी पर्वको अवसर पारेर कोल्हबीको तामागढी हस्पिटलले आयोजना गरेको ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा १ सय ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ ३ गतेबाट शुरु भएको सो शिबिरको अन्तिम शनिवार स्त्री तथा प्रसुती सम्बन्धि ५८ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । यसअघि हाडजोर्नी तथा नशा रोग सम्बन्धि १ सय १५ जनाको स्वास्थ्य परीक्षण भएको थियो ।
माघ ३ गतेबाट शुरु भएको उक्त निःशुल्क शिबिरको पहिलो दिन थाइराईड, सुगर रोग परीक्षणको लागि रगतको नमूना संकलन गरिएको थियो । यसैगरी दोश्रो दिन भएको निःशुल्क मुटु रोग परीक्षणमा ९५ जना महिला÷पुरुष र तेश्रो दिन१ सय ७३ जना महिला÷पुरुषले स्वास्थ्य परीक्षण गराएका हुन ।
शिबिरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजेन्द्रकुमार चौधरीलाई र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीनकुमार सिंहले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन । चिकित्सकहरुलाई कोल्हबी नगरपालिकाकी उपमेयर लक्ष्मीकुमारी चौधरिले प्रसंशा पत्र प्रदान गर्नु भएको थियो ।सामाजिक उत्तरदायित्व अन्तर्गत तामागढी हस्पिटललले विगतका वर्षहरुमा पनि स्वास्थ्य उपचार शिबिर, खेलकुदलगायतका क्रियाकलाप गर्दैआएको छ । अस्पतालले यस क्षेत्रका विद्यालयहरुका छात्रछात्राहरुको ब्लड ग्रुप पहिचानको लागि निःशुल्क कार्यक्रम संचालन गर्दै आएको छ ।