संसद नागरिकहरुको आवाज उठाउने थलो हो । आम नागरिकहरुले आफ्ना कुरा सांसदहरुले उठाइदिउन् भनेर नै सांसदहरुलाई आफ्नो अमुल्य मत दिएर पठाउने गरेका छन् । सांसदहरुले पनि हामी जनताको कुरा सदनमार्फत उठाउछौं पनि भन्ने गर्छन ।त्यसो त अहिले त सदन प्रदेशमा पनि छ तर प्रदेशमा के विषय उठान हुन्छ भन्ने कुरा स्वयम् सांसदहरुलाई नै थाहा हुन्न । संघीय संसदमा उठ्ने विषय भने महत्वपूर्ण हुन्छन् ।तर, संसद नै बन्द भएपछि चाही आम जनताको समस्या कहाँ र कस्ले उठाउने ? यो सवाल विचारणीय छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक करिब एक महिना बन्द भयो । एमालेको राखेको माग जति राम्रो भएपनि सदन अवरुद्ध हुनु चाहि दुःखद थियो । तैपनि बुधवारबाट ढिलै भएपनि सदन खुलेको छ । एमालेको माग शंवोधन गर्न सरकारले यसअघि नै जागर चलाएको भए यति लामो समयसम्म संसद अवरुद्ध हुने थिएन । बुधवार दलहरुबीच बुँदे सहमति भएपनि संसद सुचारु हुने वातावरण बनेको हो । संसद संचालनमा आएपछि हिजो सांसदहरुले आफ्नो कुरा सदनमा राखेका छन् । उनीहरुले जनताको कुरा पनि उठाएका छन् ।अब सांसद बन्धक नबनाऊअब यो नागरिकहरुको आवाज उठाउने थलो संसद बन्धक नहोस् । यो या त्यो कारणले कसैले पनि सदन अवरोध नगरोस् । यसरी सदन अवरुद्ध हुँदा नागरिकहरुको कुरा ओझेलमा पर्दछ । त्यसैले यो विषयमा सत्तापक्ष र प्रतिपक्ष दुबै गम्भीर र जिम्मेवार बनून् । आफ्नो स्वार्थ पूरा गर्ने थलो सदन नबनोस् । यसतर्फ सांसदहरुको पनि ध्यान जाओस् ।