काठमाण्डौं,मध्य गाजामा पानीको कन्टेनर भर्न पर्खिरहेका ६ बालबालिकासहित १० जनाको इजरायली हवाई आक्रमणमा परी ज्यान गएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।अल–नुसैरत शरणार्थी शिविरमा पानी ट्याङ्करको छेउमा खाली जेरी क्यान लिएर लाइनमा उभिएका भीडमा ड्रोनले मिसाइल प्रहार गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणपछि स्थानीयवासीहरू घटनास्थलमा पुगेर निजी गाडी र गधाले तान्ने गाडा प्रयोग गरेर घाइतेहरूलाई अस्पताल पु¥याएका खबरमा उल्लेख छ ।

यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिणी गाजामा रहेको रफाह फिल्ड अस्पतालमा विगत ६ हप्तामा अघिल्ला १२ महिनाको तुलनामा धेरै सामूहिक हताहतका घटनाहरूको उपचार गरेको बताएको छ ।गाजा पट्टीमा इजरायली हवाई आक्रमण बढ्दै गएपछि यो हमला भएको हो । गाजाको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले आइतवार मध्य गाजा र गाजा शहरका आवासीय भवनहरूमा भएका तीन वटा छुट्टाछुट्टै आक्रमणमा १९ जना प्यालेस्टिनीको ज्यान गएको बताएका छन् ।

Leave a Reply