काठमाडौं । भारतको राजस्थानस्थित कोटा क्षेत्रमा भएको भीषण सडक दुर्घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको छ। भक्तजन बोकेको गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा शम्भुपुरा नजिकै सडक किनारमा रोकिराखिएको ट्रकसँग ठोक्किएको थियो।

गाडीमा सवार यात्रुहरू धार्मिक तीर्थस्थल खाटुश्यामको दर्शन गरेर महाराष्ट्र फर्किरहेका थिए। दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका सदस्य रहेको जोशीले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको जनाइएको छ।

Leave a Reply