निजगढ,बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ मा संचालन भइरहेको वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा रतनपुर युनाइटेड फुटबल क्लब निजगढ– ११ विजयी भएको छ ।
रतनपुर युनाइटेड हेटौंडा फुटबल एकेडेमीलाई २-० ले हराउदै विजयी भएको हो । जितसंगै रतनपुर युनाइटेड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।रतनपुरलाई दवावमा राखेको हेटौंडा फुटबल एकेडेमीले पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको हो ।रतनपुरका लागि साजन गुरो र बादल गुरोले समान एक–एक गोल गरे । रतनपुर युनाइटेडका तर्फबाट बसन्तको पासलाई सदुपयोग गर्दै साजनले प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै बादलले गोल थप्दै टोलीको अग्रता दोब्बरको पारेका हुन ।खेलको म्यान अफ द म्याच पनि रतनपुर युनाइटेड फुटबल क्लबका विक्रम लामा घोषित भएका थिए । लामालाई निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर लामाले ट्रफीसहित नगद एक हजार प्रदान गर्नुभएको थियो ।रतनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा मंगलवार रौतहटको चन्द्रपुर र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
‘खेलकुदको उपलब्धि ः अनुशासन, विकास र स्वस्थ्य जनशक्ति’ भन्ने नाराका साथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

Leave a Reply