आरके राजन
सिम्रौनगढ,तामागढी– सिम्रौनगढ सडक निर्माणको क्रममा जमिन अतिक्रमण गरिएका जग्गाधनीले मुअब्जा माग गर्दै हिजो सिम्रौनगढमा जुलुस प्रदर्शन गरेका छन । सिम्रौनगढ मुअब्जा– सहयोग समितिको आयोजनामा शुक्रवार जुलुस प्रदर्शन गरिएको हो ।

सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै पुनः बसपार्कमा आएर सभामा परिणत भएको थियो । जुलुसका सहभागीहरुले सडकको मुअब्जा बापतको रकम ब्याजसहित पाउनुपर्ने, संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महतले राजिनामा दिनुपर्ने लगायतका नारा लगाएका थिए ।
तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको सो कोण सभामा समितिका सचिव रामानन्द चौधरी, ढुण्ढीराज उप्रेतीलगायतले मुआब्जाको माग गर्दै सरकारको कडा आलोचना गरेका थिए ।माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् । तामागढी सिम्रौनगढ सडक निर्माणको क्रममा स्थानीय १ हजार ५ सय किसानको करिव ७० बिघा जग्गा परेको र उनीहरुले अहिलेसम्म मुआब्जा नपाएको संघर्ष समितिका सचिव रामानन्द चौधरीले जानकारी दिनुभएको छ ।

Leave a Reply