भाद्र १७ वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकमा दुई पक्षबीच विवाद हुदा“ बोत्तल हानाहान भएको सामाचार प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरु बीच मिनिरल वाटरको बोत्तल हानाहान भएको हो । जसपा र कांग्रेस वीरगन्ज महानगरको चुनवामा गठबन्धन गरि मेयर र उपमेयरमा चुनाव लडेका थिए । मेयर र उपमेयर यी दलकै विजयी भएका छन् ।
बैठकमा सहभागी एक कार्यपालिका सदस्यका अनुसार मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम उपस्थित रहेको बैठकमा ऐजन्डाहरुको विषयमा छलफल गर्दा गर्दै दुई पक्षबीच टेबल माथि राखिएको बोत्तल हानाहान भएको हो । ती कार्यपालिका सदस्यका अनुसार सार्वजनिक खरिद ऐन संशोधन विषयमा ऐजन्डा प्रवेश गर्दा जसपाका वैजु स्वर्णकार र कांग्रेसका कन्हैया ठाकुरबीच छलफल चलेको थियो । ‘छलफल गर्दागर्दै एकछिन मै विवाद सुरु भयो,’ ती कार्यपालिका सदस्य भन्छन्, ‘केही बेरमै दुई समूहबीच बोत्तल हानाहान हुन थाल्यो ।
बोत्तल हानाहान भएपछि उपमेयर इम्तियाज आलमले बैठक स्थगितको माग राख्दै कांग्रेसका सम्पूर्ण सदस्य बाहिरिएका थिए ।
कांग्रेस बाहिरिएपनि एमेलाका सदस्यहरु बैठकमै उपस्थित रहेकाले कोरम पुगेको छ । बैठक चालु नै रहेको बताइएको छ । महानगरपालिकाका अनुसार वीरगन्ज विकास प्राधकिरण, विपि पार्कको मुद्दा, कबाडी कर संशोधन, सार्वजनिक खरिद ऐन संशोधन लगायत ११ वटा एजेन्डामा छलफल गर्न बुधबार कार्यपालिका बैठक डाकिएको थियो । एक वडाध्यक्षले जनाए अनुसार हालसम्म ६ वटा ऐजन्डा पास भइसकेको छ । चौथो एजेन्डामा छलफल हु“दा जसपा र कांग्रेसबीच विवाद भएको थियो ।