कोल्हबी,कोल्हबी नगरपालिकाले बकैया खोलाबाट नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र बालुवा) बिक्री वितरण र संकलनको लागि लगाएको ठेक्का सकारेको ठेकदार कम्पनीले अनियमित रुपमा उत्खनन गरेपछि बारा प्रहरीले बुधवार दिउसो तीन वटा जेसिबी नियन्त्रमा लिएको छ ।निजगढ नगरपालिकासंग सीमा जोडिएको बकैया खोलामा ढुङ्गा, गिटी र बालुवा अनियमित रुपमा उत्खनन गरेको पाइएपछि प्रहरीले बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नंम्बरको जेसिबी खोलबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ राखिएको छ ।नम्बर प्लेट समेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय निजगढबाट गएको संयुक्त टोलीले जेसिबी नियन्त्रणमा लिएको थियो ।ठेक्का संझौताअनुसार कोल्हबी नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबीलाई मात्र खोलामा उत्खनन अनुमति दिएको भएपनि ठेकदारले ४ वटासम्म जेसिबी प्रयोग गरेर अवैध उत्खनन गर्दैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेशकुमार ठाकुरले बताउनु भएको छ ।यसअघि पनि अवैध उत्खननको आरोपमा प्रहरीले छ वटा ट्रिपर नियन्त्रणमा लिएर डेढ लाख जरिवाना तिराएको छोडेको थियो । खोला उत्खननका लागि प्रसाई सेवा कोल्हबी, रियान्स निर्माण सेवा कोल्हबी, सिद्धार्थ निर्माण सेवा काठमाण्डौ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हबीले यस वर्ष ढुङ्गा, गिटी, बालुवाको लागि चार करोड रुपैयामा ठेक्का सकार गरेको थियो ।कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफुले पटक पटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदार कम्पनीले मनोमानी गरेको बताउनुभयो । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीले बताउनुभयो ।

Leave a Reply