वीरगञ्ज मुस्लिम समुदायको बाक्लो उपस्थिति र बसोबास भएको स्थान हो । त्यसो त वीरगञ्जमा सबै समुदायका मानिसहरु बस्ने गर्दछन् र सबैले एक अर्काको अस्तित्व स्वीकार गरिरहेका छन् र जुनसुकै समुदायको भएपनि वीरगञ्जका नागरिकहरुको बसाँइ एकदमै सौहाद्र्धपूर्ण छ । धर्मको नाउँमा बेला बेलामा यहाँ केही भड्काउने प्रयास गरेए पनि वीरगञ्जका नागरिकहरुबीचको सद्भावले त्यस्तो कार्य संभव हुने देखिदैन । केही तत्वले यसको दुरुपयोग गर्ने प्रयास गरेपनि त्यो असंभव नै छ ।

आइतवार मुस्लिम समुदायले आफ्नो पवित्र पर्व मोहरम बनाउदैछन् । यो एक धर्मसंग र आस्थासंग जोडिएको पर्व हो । यो समुदायका लागि आफ्नो पर्वको महत्व हुने नै भयो । त्यसो त अर्को समुदाय वा धर्म मान्नेरुले पनि यो कार्यक्रममा सहभागी भएर साथ सहयोग गर्ने गरेकै छन् । धर्म र आस्थासंग जोडिएको यो पर्वका लागि स्थानीय प्रशासन वा अरु कसैले धेरै हस्तक्षेप गर्न आवश्यक देखिदैन ।

तर, अरुभन्दा पनि स्वयम् मुस्लिम समुदायका अगुवाहरु भने सचेत बन्न आवश्यक छ । बजारमा एक प्रकारको हल्ला फैलाइएको जस्तो अशान्त नहोस् वा हुन दिन हुन्न भनेर पनि सचेत र जिम्मेवार हुन आवश्यक छ । पुरानो बसपार्क वा आर्दशनगर जहाँ कार्यक्रम गरेपनि यो शान्त होस् र शान्त हुन्छ नै र यसमा स्वयम् मुस्लिम अगुवाहरु भने जिम्मेवार हुन चैं आवश्यक छ ।

Leave a Reply