कोल्हबी,बाराको कोल्हवी नगरपालिकाले अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ ।कृषि विकास शाखाको आर्थिक वर्ष २०८०-०८१ को शसर्त कार्यक्रम तर्फको खाद्यान्न बालीको उन्नत विउ उपयोगमा ५० प्रतिशत अनुदानमा गहुँ वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले सूचना निकालेर जानकारी गराउनुभएको छ ।नगरपालिकाले असोज १६ देखि २६ गतेसम्म बिउको लागि आवेदन आह्वान गरेकोमा दुई सय पाँच वटा निवेदन परेको कृषि शाखा प्रमुख जयबीर चौधरीले जानकारी दिनुभयो । उहाँले किसानको आवेदन अनुसार आवश्यकता र अवस्था हेरेर बीउ वितरण गर्ने योजना बनाएको पनि बताउनुभयो ।नगरपालिकाले प्रतिकिसान दुई बोराका दर बिउ वितरण गर्ने योजना भएपनि कतिपय किसानको आवश्यकता बढी भएको पनि बताउनुभयो । नगरपालिकाले बिजय र एन.एल. ९७१ जातको गहुँको बीउ प्रति केजी रु. ७० मा खरिद गरेको र किसानलाई रु. ३५ का दरले वितरण गर्न लागेको हो ।
विउ वितरणका लागि ४० किलो दरका ५ सय बोरा खरिद गरेको शाखा प्रमुख चौधरीले बताउनुभयो ।

Leave a Reply