केही समय पहिला बारा र पर्सामा व्यप्त थियो नक्कली नोटको कारोबार । यही आरोपमा बाराका दुईजना अझै पनि जेलमा छन् । जेलमा हुनुको कारण अरुसंगै यो पनि हो यद्यपि जाली नोटको गिरोह बारा क्षेत्रमा वषौं अगाडिदेखि थियो भन्ने कुराहरु यीनै कुराले पनि पुष्टि गर्दछन् ।
जाली नोट वा नक्कली नोटको सवालमा हामीले लेखेको समाचारको लामै फेरिस्त पनि छ । यद्यपि केही वर्ष अगाडिसम्म यो काण्डमा प्रहरी प्रशासनका उच्च तहका व्यक्तिहरुको संलग्नता हुने गरेको थियो ।
जसका कारण अपराधमा संलग्न यस्ता व्यक्तिहरुले सहज रुपमा उन्मुक्ति पाउने गर्दथे । तर आजकल यस्ता व्यक्तिहरुको संलग्नताको काुरा भने कम आउने गरेका कारण अपराधमा संलग्नहरु पक्राउ पर्ने गरेका छन् । शनिबार राति बाराको निजगढमा प्रहरीले छापामारी गर्ने क्रममा नक्कली सहित सक्कली नोट सहितको गिरोह नै समाप्त सफल भयो ।
यो आफैमा महत्वपूर्ण र सहनीय कुरा थियो तर यसका लागि कम्तिमा मिडिया वा पत्रकारहरुलाई निषेध गरिहाल्नु पर्ने अवस्था थिएन जुन हिजो प्रहरीले गरेको छ । प्रहरीले पत्रकारलाई घटना स्थलको फोटो खिच्न मात्रै रोकेकोे होइन, घटनाको बारेमा सबै विवरण ३०÷३५ घण्टासम्म गोप्य नै राखेको थियो । यो अवश्य नै चिन्ताको कुरा हो । अनुसन्धानको सवालमा त पत्रकारले हस्तक्षेप पनि गर्न आवश्यक नहोला तर यो पुष्टि भएको कुरा भएकाले पत्रकारलाई रोक्न आवश्यक थिएन । यस्तो विषयमा आगामी दिनमा प्रहरी प्रशासनले ध्यान दिन जरुरी छ ।