निजगढ,नेपाल फोटो पत्रकार महासंघ बारा जिल्ला शाखाको अध्यक्षमा दिवाकर भण्डारी सर्वसम्मत चयन हुनुभएकोछ ।
निजगढ नगरपालिका–७ स्थित होटेल हेभनमा शुक्रवार सम्पन्न महासंघको दोस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्ष प्रलाद तिमल्सिना पनि सर्वसम्मत चयन भएका छन । त्यसैगरीे सदस्यमा प्रदीप गौतम, शिवशंकर पटेल (यसयस), राधेश्याम पटेल, नरेश गुप्ता चनिएका हुन । बाँकी १जना सदस्य भने पछि थप गर्ने निर्णय भएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रेशम तिवारी, लक्ष्मी साह, गोकुल घोरसाइने, जीतलाल श्रेष्ठ, सिकेन्द्र पासवान, प्रकाश लम्साल र फैजुला अहमदलाई जिल्ला शाखाको सल्लाहकारमा चयन गरिएको छ । ,
यसअघि कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले गमलामा पानी हालेर अधिवेशनको उद्धघाटन गर्नुभएको थियो । फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष एंव केन्द्रीय सदस्य जीतलाल श्रेष्ठको अध्यक्षतामा भएको सो उद्धाटन कार्यक्रममा सम्पादक घोरसाइने, फास्टट्याक साप्ताहिकका प्रकाशक थानेश्वर सापकोटालायतले फोटो पत्रकारिताको महत्व र आवश्यकताको बारेमा बोल्नुभएको थियो ।
अधिवेशनले महासंघको भवन निर्माणको लागि निजगढ नगरपालिकासंग जमिन उपलब्ध गराउन माग गर्ने निर्णय पनि गरेको छ । महासंघले यसअघि पनि आफ्नै भवन निर्माणको लागि जमिन माग गर्दै आएको थियो ।


















