बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित टासिछ्योइलीङ बौद्ध गुम्बाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ ।बौद्ध गुम्बाको प्रथम साधारणसभा प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मगले लोप्चन र गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न भएको हो ।गुम्बाको साधारणसभामा स्थानीय समाजसेवी संगम लोप्चन, मोहनबहादुर खडका (दिपक), कार्यपालिका सदस्य फुलमाया लामा, पूर्ववडा सदस्य सोपिला गुरुङ, स्थानीय शिक्षक राजाराम अधिकारी, गुम्बाका प्रमुख लामालगायतको सहभागी थियो ।साधारणसभामा वडा नम्बर १ का बुद्ध धर्मप्रति आस्था राख्नेहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । साधारणसभामा स्वागत मन्तव्य राख्ने क्रममा वक्ताहरुले हाल सिंगौलमा स्थानीयले मान्दै आइरहेको बुद्ध धर्म र हिन्दुलाई चौतर्फी रुपले विदेशी धर्मले घेराबन्दी गरेको अवस्थामा सजग रहनको लागि आग्रह गर्नुभएको थियो ।साधारणसभामा आर्थिक विवरण गुम्बा व्यवस्थापन समितिको सचिव बुद्ध लोप्चनले र कार्यक्रम सन्चालन डिल्ली सि बलले गर्नुभएको थियो ।टासीछ्योइलीङ बौद्ध गुम्बा २०५५ सालमा वडा नम्बर १ को जनप्रतिनिधि, बुद्ध्जिीवि स्थानीय राजनीतिका दलको सहयोगमा स्थापना गरिएको हो । सो गुम्बाको गुम्बा व्यवस्थापन समिति २०७६ सालमा वडा नम्बर १ का स्थानीयको सहमतिमा चयन गरिएको थियो ।

Leave a Reply