मेयर खनालको घाटा बजेटको दुष्परिणाम: निजगढ

नगरपालिकाले चालु आर्थिक वर्षमा ४० करोड भुक्तानी दिन नसक्ने

आम्दानी भन्दा ३० प्रतिशत बढिको

वार्षिक बजेट

बाराको निजगढ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ९७ करोड २१ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको थियो तर बजेटको आकार आम्दानी भन्दा अधिक भएकै कारण विभिन्न शीर्षकमा सम्पन्न भएका योजनाहरूको १७ करोड भुक्तानी दिन सकेको थिएन ।

गत आर्थिक वर्षमा संघिय सरकार, प्रदेश सरकार र नगरपालिकाको समेत गरि ८० करोड १ लाख ८२ हजार आम्दानी रहेको थियो । निजगढ नगरपालिकाका मेयर सुरोश कुमार खनालका कारण नगरपालिकाले आफ्नो आम्दानीको श्रोत भन्दा १७ करोड बढिको बजेट बनाएकै कारण भुक्तानी गर्न नसकिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसबाट पाठ सिकेर यस आर्थिक वर्षमा सन्तुलित आकारको बजेट नगरपालिकाले प्रस्तुत गर्छ भन्ने धेरैले आशा गरेको भएतापनि पहिलाकै गल्तीलाई दोर्याउदै नगरपालिका मेयर खनालले चालु आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब ९ करोड ४० लाखको बजेट बनाए ।

गत आर्थिक वर्षको भुक्तानी हुन बार्की रकमको भार समेत चालु आर्थिक वर्षमा थपिएको छ तर आम्दानीको रकममा भने खासै वृद्घि हुने अवस्था नहुदाँ नहुदै नगर मेयर खनालले जबर्रजस्ती बजेटको आकार बडाएकै कारण अहिले नगरपालिका संग योजना त छन तर भुक्तानी गर्न रकमको अभाब भएकै कारण हाल ३० प्रतिशत योजनाहरु कागजमा मात्रै सिमित छन ।
चालु आर्थिक वर्षमा नगरपालिकाको अनुमानित आम्दानी ७० करोड ३० लाख ३८ हजार रहेका छ । जस्ले गर्दा ४० करोड बराबरको योजना तथा कार्यक्रमहरुको कार्यावयन र भुक्तानी हुने अवस्था देखिदैन । भने गत आर्थिक वर्षको १७ करोड यस आर्थिक वर्षमा भुक्तानी दिदा करिब ५७ करोड भुक्तानी दिनु पने हुन्छ ।

नगरपालिकाको प्रमुख आम्दानीका श्रोत संघीय तथा प्रदेश सरकार राजश्व वाडफाड (रजिष्ट्रेसन, नदीजन्य पदार्थ अत्खनन् तथा निकासी कर र यतायत राजश्व) बाट प्रस्तावित बजेट ४३ करोड ५१ लाख २ हजार रहेको छ ।

नगरपालिकाको प्रस्तावित बजेटमा आन्तरिक आम्दानी १६ करोड ९८ लाख भएतापनि उठाउन मुस्किल रहेको छ ।
यस बाहेक घरजग्गा कर र अन्य आयबाट थेरै राहत हुने भएता पनि करिब ४० करोड भुक्तानी दिन सम्भब नहुने नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसरी मेयर खनालले असन्तुलित बजेट प्रस्तुत गरेकै कारण नगरमा घाटा बजेटको दुष्परिणामका कारण आगामी तिन चार वर्षको बजेटलाई समेत असर गर्ने विज्ञहरुको भनाई रहेको छ ।

Leave a Reply