मंगलवार बिहान एकाएक इरान र इजरायलका बीचमा अहिले जारी रहेको लडाइ अन्त्य हुने भन्दै अमेरिकी राष्टपति डोनाल्ड टम्पको कुरा बाहिर आयो । यो खबरले विशेषगरी युद्धमा रहेका देशका नागरिकहरु निकै खुसी पनि भए ।
टम्पले नै भनेपछि विश्वमा शान्ति कायम होला नै भनेर उनीहरुमा आशा पलाएको थियो तर यो आशा धेरै लामो समयसम्म टिकेन । टम्पले शान्तिको कुरा गरिहेकै बेलामा पनि इरान र इजरायलमा लडाइ भइ नै रहे । एक अर्कालाई उनीहरुले आक्रमण गरी नै रहे ।

शान्तिको आशमा रहेका ती देश र विश्वमा शान्तिको पक्षमा रहेकाहरुको मन नमिठो भयो । यदि भयो भने टम्पको प्रयासमा नै सो क्षेत्रमा शान्ति कायम हुने हो । अरुले भनेको भरमा युद्ध रोकिने अवस्था छैन । इरानले अमेरिकी सैनिकलाई लक्षित गरेर आक्रमण गरेपछि ट्रम्पको मुखबाट युद्ध विरामको कुरा बाहिर आएको हो । जे भएप्नि युद्ध विराम पहिलो सर्त नै हो । यसको विकल्प नै छैन । तर टम्पले भनेको जस्तो मंगलवार रातिसम्म पनि युद्ध विराम भएको छैन ।
बरु एक अर्का विरुद्ध थप आक्रमण भइरहेका खबरहरु आएका छन् । शान्तिको सवालमा टम्पले गरेकाकेही प्रयासहरुले खासै सार्थकता पाएको देखिदैन । जस्तो रुस युक्रेन, हमास अनि इजरायलमै पनि हाल जारी युद्धले यसको पुष्टि गरेको छ । ट्रम्पको आह्वानको बाबजुद पनि सो क्षेत्रमा शान्ति कायम भएको छैन । तर शान्ति अपरिहार्य नै छ । टम्पको प्रयासले अब जतिसक्दो सार्थक रुप लिन आवश्यक छ । अन्यथा टम्पको कार्यकालमा विश्वमा अनर्थ नहोला भन्न सकिदैन ।

















