कलैया,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर के.सी को सरुवा भएको छ । एसपी के.सी लाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीमा सरुवा गरिएको हो । एसपी केसी गत २०८१ माघ २५ गते हाजिर हुनुभएको थियो । उहाँको स्थानमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिल्वाल आउने हुनुभएको छ उहाँ हाल सशस्त्र प्रहरी बल नेपाल यु एन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा कार्यरत हुुनुहुन्छ ।यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्व गण हेड क्वार्टर पिलुवामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेत आउने हुनुभएको छ भने पिलुवाका सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाको एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ सरुवा भएको छ ।

















