नरेश गुप्ता
बरियारपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मथुरापुरमा टिपरले चुडालेको बिजुलीको तारमा अल्झेर स्थानीय वर्ष ५० का भरत साह घाइते बनेका छन । काटघाटमा मेला हेरर साइकलमा घर फर्किने क्रममा साह भूईमा लत्रेको बिजुलीको तारमा अल्झेर लडेपछि घाइते भएका थिए ।
कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुर बेलवाडीस्थितमा मिनाक्षी एग्रीगेट क्रसर उद्योगमा प्र.२–०२–००१ ख ७१५० नम्बरको टिपर ग्रेभल अनलोड गरी उद्योगभित्र जाने क्रममा टिफरको बुममा अल्झेर विद्युतको तार तानिदा मंगलवार दिउसो बिजुलीका दुईवटा पोल भाँचिनुको साथै तार चुडिएर भूईमा लत्रेको थियो ।
घाइते साहको हात, खुट्टा, घुडा र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । घाइते साहको उपचारको लागि प्रदेशिका अस्पताल कलैया पठाइएकोमा थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र चालक जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औरहा बस्ने वर्ष.३४ का सोना माझीलाई नियन्त्रणमा राखेको छ ।

















