रौतहट,नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ (क) को बैंठकले प्रदेश सभा सदस्यको सम्भावित उमेदवारको रुपमा ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टीका क्षेत्रीय सभापति शेख फजुल्लाहको अध्यक्षतामा वसेको बैठकले लालविहारी साह, लालबाबु प्रसाद जयसवाल, शेख लालबाबू रसिद अलि, सकिल अख्तर, पकज सिन्हा, नागेन्द्र सिन्हा र २ (ख ) बाट दिनेश पटेल, रामचन्द्र गिरीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर २ बाट हाल जेल जीवन बिताउदै आएका सांसद मोहमद आफताव आलमको एकल नाम सिफारिस भएको छ । बैठकमा नेपाली कांग्रेस रौतहटका नेता तथा परोहा नगर प्रमुख शेख वकिल आलम, राजपुर नगरपालिकाका नगर प्रमुख डा.रजिक आलम, तरुण दलका जिल्ला अध्यक्ष नौसाद आलम सहिँतका पदाधिकारीको बैठकमा सहभागिता रहनुभएको थियो ।

Leave a Reply