कृपा संवाददाता
हेटौंडा –  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म ६ सय ८९ जनाको स्वाब परिक्षण सकिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ ।

 

 

 

पछील्लो तीन दिनमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको आइसोलेनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हाल सम्म आइसोलनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएको छैन ।

 

 

 

 

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा डाक्टर पुरुशोत्तम सेडाइले वताउनुभयो । बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, सिंधुली लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।

 

 

 

 

हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । यसैगरी हेटौँडाको कोरोना आइसोलेसन वार्ड कर्राबाट संकलन गरिएको ४७ जनाको स्वाबको रिर्पोट नेगेटिभ आएको छ । वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशलाका निर्देशक तथा हेटौँडाका प्रयोगशाला प्रमुख नारायण कार्कीको अनुसार हेटौँडामा परिक्षण भएको सबै स्वाबको रिर्पोट नेगेटिभ आएको छ ।

 

 

 

 

प्रमुख कार्कीले हेटौँडामा परिक्षण भएको रिर्पोट सबै नेगेटिभ आएको बताए । उनले भने स् म कामको शिलशिलामा बाहिर थिए, त्यसकारणले गर्दा सहि गर्न ढिला भएको कारण मात्र आधिकारिक सार्वजनिक गर्न ढिला भएको हो तर यहा परिक्षण गरिएको भारतबाट आएका १४ जना सहित सबै ४७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

 

 

 

 

आफुहरुले पुन परिक्षणको लागि भरतपुर पठाएको भएपनि हेटौँडामा गरिएको परिक्षणमा रिर्पोट नेगेटिभनै आएको उनले बताए । कर्रामा रहेको आइसोलेसन वार्डका ४७ जना मध्ये मकवानपुरका ४४ जना, बाराको २ जना र रौतहटका १ जना थिए ।

Leave a Reply