बरियारपुुर,प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ शंकर चोकमा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा भट्टीहरु नष्ट पारेको छ ।

प्रहरी चौकी जैतापुरबाट खटेको प्रहरी टोलीले गाउँमा संचालनमा रहेका ७ वटा अबैध रक्सी भट्टी आइतवार नष्ट गरेको हो । प्रहरीले मदिरा भट्टीबाट मदिरा बनाउन प्रयोग हुने १ हजार ७० लिटर कच्चा पदार्थसमेत नियन्त्रणमा लिएर सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here