धिरेन्द्र तिवारी
कलैया,जनमत युवा संघ बाराले सार्वजनिक बिदाको दिन सरकारी गाडीहरु चलाएर दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीको जिम्मा लगाएको छ ।रा सदरमुकाम कलैयास्थित भरत चौकमा बिहीवार बिदाको दिन चलेका प्रदेश –२–०२–००१झ –०१२६ नम्बरको बलेरो, प्रदेश –२–०३–००१ झ –००१७ नम्बरको बलेरो, ना– १ ब–३९४५ , ना– १ ब – ३४२३ ÷ना–१ब– २४८१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर ट्राफिक प्रहरीको जिम्मा लगाएको हो ।देशमा बढेको आर्थिक संकट र तरलता न्यूनीकरण गर्ने अभियान अन्तर्गत सार्वजनिक बिदाका दिन सरकारी गाडीहरु जिल्ला प्रशासन कार्यालयको पास नलिई विशेष काम बिना चलाउने कार्य रोक्ने सरकारी गाडी नियन्त्रणमा लिइएको संघका बारा जिल्ला अध्यक्ष बिकास सिंहले जानकारी गराउनुभयो । सिंहले जिल्ला प्रहरी कार्यालय बारालाई यो अभियानलाई निरन्तरता दिएर देशको आर्थिक भार कम गर्न आग्रह गर्नुभयो । जवाफमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिरामा न्यौपानेले सचेत नागरिकको भुमिका निर्वाह गरेकोमा संघका सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो । साथै प्रवाक्ता न्यौपानेले यस्तो अभियानलाई जिल्ला प्रहरी कार्यालय बाराले छिट्टै निरन्तरता दिने आश्वसन पनि दिनुभयो ।नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गर्न बिहीवार सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।

Leave a Reply