
निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ को एक घरबाट बुधवार दिउसो लाखौ मूल्य बराबरको सुनका गहाना चोरी भएको छ ।भाडामा बस्ने कोठा हेर्न भनेर आएका नचिनेका मानिसहरुले निजगढ ८ स्थित कृष्ण चिमोरियाको घरको माथिल्लो तलाको मेन गेट, कोठाको ढोका र दराजको समेत ताल्चा खोलेर सुनका करिव ११ तोला बराबरको गहना चोरेर लगेका हुन । चोरहरुले घरधनीले लुकाएर राखेको भनिएको साचो फेला पारेर ढोकाका ताल्चा खोलका थिए ।इलाका प्रहरी कार्यालय निजगढका अनुसार नचिनेका मानिसहरुले घरभेटी चिमोरिया र उहाँको श्रीमतीसमेत घरबाहिर गएको मौका पारेर तल्लो तलामा बसेकी घरभेटी चिमोरियाकी वृद्ध आमा रमासंग भाडामा बस्नको लागि कोठा हेर्न आएको भन्दै माथिल्लो तलामा गएर गहाना चोरी गरेका हुन । रमा जेठो छोरा बैकुण्ठसंग अर्को तलामा बस्दैआउनुभएको छ । भाडाको लागि कोठा हेर्न आएको भन्दै चोरहरुले रमासंग कृष्णको फोन नम्बरसमेत मागेर त्यहीबाट फोनमा कुरा गरेको जस्ता बहानासमेत बनाएका थिए ।

चोरहरुले भ¥याङ्गमा रहेको मेन गेट, कोठा र दराजमा लगाएको तालासमेत खोलेर गहना चोरेका हुन । उनीहरुले लुकाएर राखेको चाबी फेला पारेर ढोका खोलेका थिए । मध्यान्ह १२ बजेदेखि दिउसो १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ ।निरीक्षक लामिछानेले घटनाको अनुसन्धान भइरहेको र घटना प्रकृति हेर्दा चोरी कार्यमा घरको अवस्था र परिवारका सदस्यहरुको बारेमा राम्रोसंग जानकारी भएको मानिस नै संलग्न रहेको हुनसक्ने आशंका गर्नुभएको छ ।
उहाँले अनुसन्धान भइरहेको मा लगाईमा बस्न भाडामा मा नियमित खोप सुदृढीकरण पूर्णखोप सुनिश्चिता र दिगोपनाको लागि नगर स्तरीय घोषणा सभाको भएको हो ।त्यसैगरी सोही दिन निजगढ ९ अस्पताल रोडस्थित सानीकान्छी गौतमको घरबाट पनि सुनको सिक्री र टेलिभिजन चोरी भएको छ ।घरमा कोही नभएको मौका पारेर आएको चोरहरुको समूहले गौतमको एकतले पक्की घरको ढोका फोरर कोठाभित्र दराजमा राखेको १ तोलाको एउटा सुनको सिक्री र ३२ इन्चको एउटा एलइडी टिभी चोरेर लगेका हुन ।


















