काठमाडौ,बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले बिहीबार आठ वर्ष कैद र १० करोडभन्दा बढी जरिवानाको आदेश गरेको छ । भरत ताल निर्माणमा दोषी ठहर गर्दै नदीजन्य पदार्थ उत्खननमार्फत हानी नोक्सानी पु¥याएको मुद्दामा ८ वर्ष कैद र १० करोड जरिवानाको आदेश सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासले थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल र सागर पौडेललाई पनि जनही ८ वर्ष कैद सजाय र १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा जरिवाना गर्ने फैसला सुनाएको हो ।अदालतले यसअघि साउन २१ गते उनिहरुलाई दोषी ठहर गरेको थियो । सो दिन दोषी ठहर गर्दै साउन २९ गतेका लागि सजाय निर्धारणको पेशी तोकेको थियो ।

३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसुर ठहर गर्दै सजाय सुनाएको हो ।यस्तै अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ ९३० बमोजिम तीनै जनाबाट ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा क्षतिपूर्ति पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।

Leave a Reply