निजगढ,प्रेस चौतारी नेपाल बाराले कृपा दैनिकका सम्पदाक गोकुल घोरसाइनेलाई विरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।प्रेस चौतारी नेपाल बाराको शनिवार निजगढमा भएको छैठौं जिल्ला अधिवेशनमा सम्पादक घोरसाइनेलाई ५०००।– नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एमाले नेता पुरुषोत्तम पौडेललगायतले घोरसाइनेलाई ५ हजार नगदसहित कदर पत्रले सम्मान गरेका हुन ।प्रेस चौतारी नेपालका संस्थापक केन्द्रीय सदस्य र बारा जिल्ला अध्यक्ष समेत रहनुभएका घोरसाइने रेडियो निजगढका प्रबन्धकसमेत हुनुहुन्छ । काठमाण्डौंबाट प्रकाशित हुने नेपाल समाचारपत्रको जिल्ला सम्वाददाता घोरसाइनेले हिमाल खबरमा समेत रिपोटिङ्ग गर्नुभएको छ ।
















