कलैया,स्कूल बसले ठक्कर दिँदा कलैयामा एकजना बालकको मृत्यु भएको छ ।सदरमुकाम कलैयामा शुक्रवार बिहान वीरगन्जमा सञ्चालित गुरुकुल एकेडमीको बसले ठक्कर दिँदा तिन वर्षीय बालकको मृत्यु भएको हो ।बारा प्रहरीका अनुसार मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबाग निवासी विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह सोनार रहेका छन् । गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।



















