नेपालको राजनीतिक क्षेत्र जस्तै प्रहरी संगठन पनि बद्नाम छ । प्रहरी संगठन आफ्नै कारणले बदनाम भएको भने होइन, खासमा भन्ने हो भने राजनीतिक दलका नेताहरुले नै यसलाई बद्नाम बनाएका हुन ।मुख्यतः सरकारमा जो गएपनि प्रहरीलाई आफ्नो अनुकुल चलाउने र यो संगठनलाई स्वतन्त्र रुपमा काम गर्नं नदिएका कारण यो संगठन विगतमा निकै बद्नाम हुन पुगेको हो । अपराध र तस्कर तथा राजश्व चुहावटमा नै प्रहरीको संलग्नता कयौं ठाउँमा छ भने कयौं स्थानमा आरोप लाग्ने गरेको छ । तर, पछिल्लो समय यो संगठनलाई केही फरक बनाउन खोजिएको हो कि जस्तो अनुभूति हुन थालेको छ । मु्ख्यतः बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसंगै गृहमन्त्रीमा युवा सुदन गुरुङ्ग आएपछि केही फरक भएको जस्तो देखिएको छ ।

कुरा केपी ओली पक्राउ अनि रमेश लेखकको मात्र होइन, ओली र लेखकको कुरा त फरक हो । प्रहरीले पछिल्ला दिनमा केही ठाउँमा हात हालेको छ । विगतमा यी ठाउँहरुमा हात हाल्नका लागि प्रहरीले सक्दैनथ्यो नै । यसलाई राजनीतिक तरिकाले नै हेर्न सकिएला तर प्रहरी संगठन गिजोल्नेमा भने पूर्वपर्ति सरकारका प्रधानमन्त्री र मन्त्रीहरु कम्ता जिम्मेवार चैं छैनन् । समाजमा अपराध गर्ने अनि मज्जाले राजनीतिको आडमा हिँड्ने यो परिपाटी ज्यादै थियो । अपराध गरेपछि जो भएपनि सजायँ पाउनु पर्छ ।

प्रहरीलाई अनुसन्धान गर्नका लागि निधक्क दिनुपर्दछ । आरोप लाग्दैमा कोही अपराधी हुदैन । यस्ता धेरै केशहरु छन्, जो आरोपको भागिदार बनेपनि पछि अनुसन्धान गर्दा निर्दोष देखिएका छन् । त्यसैले प्रहरीलाई अब काम गर्न दिऔं । अनुसन्धान व्यापक होस् । अनि प्रहरीलाई पनि काम गर्न सहज हुनेछ र प्रहरीको एक्सनले पनि स्वाबासी पाउनेछ ।

Leave a Reply