वीरगञ्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित सीमा इलाकाबाट सोमवार सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले १० बोरा लत्ताकपडा बरामद गरेको हो ।भारतबाट अवैध रूपले १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडा छाडी साइकल लिई फरार भएका थिए ।बरामद लत्ताकपडा वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here