कृष्ण मोहन साह
सेढवा, २६ मंसिर । पर्साको बढनियारको राष्ट्रिय बन क्षेत्रबाट अबैध रुपमा काचो सालको गोलिया काठ कटान गरी तस्करहरुले बिरगंज लैजादै गर्दा पर्सागढी नगरपालिका वडा ३ पारस पटेल चौकबाट विहिबार विहान ३ बजेको समयमा ट्रेक्टरमा लोड गरेको गोलिया सहित दुईजना तस्कर पक्राउ परेका छन् ।
समितिका तर्फबाट द्वारिका सहनी र भगेलु प्रसादको नेतृत्वमा विशेष सुचनाको अधारमा खटिएको बन कर्मचारी, सबैया सझेदारी बन ब्यवस्थापन समुह, सबैया सव डिभिजन कार्यालय, संयुक्त रुपमा खटिएको टोलीले सालको गोलिया तस्करी गर्नेलाई पक्राउ गरेका छन् । खटिएको टोलीलाई पक्राउ गर्न नस्कने भएपछि थप मदतको लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बेलवाको सुरक्षाटोलीको सहयोग लिएका थिए ।
टोलीले गए राती ना २ त ३६७२ मेसि ट्रेक्टर सहित ट्रेक्टर चालक बिरगंज महानगरपालिका वडा २७ कुहडीका प्रदिप पसवान दुसाद र सोही ठाउँ बस्ने अर्का तस्कर रोसन राम चमार लाई ५ थान काठ तथा २४ क्युफिट काठ सहित पक्राउ गरेका छन् । पक्राउ परेकालाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय बिरगंज पर्सामा पठाईएको सबैयाका सहयक बन अधिकृत फरमान मियाले बताएका छन् ।