नेपालमा भएको करिब दश वर्षे सशस्त्र संघर्ष अनि १९ दिने जनआन्दोलन र मधेस आन्दोलनको उपलब्धी स्वरुप नेपालमा २४० वर्षदेखि एकछत्र शासन गर्दै आएको राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १६ वर्ष पूरा भएको छ ।२०६४ साल चैत २८ गते सम्पन्न भएको पहिलो संबिधान सभाको निर्वाचनपछि गठन भएको सांसदले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।६ सय जना सांसद रहेको उक्त संबिधान सभाले २०६५ साल जेठ १५ गते वा आजैका दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको देश घोषणा गरेको थियो र योसंगै नेपालमा राजाको शासन पनि अन्त्य भइ शासन शैली नै परिवर्तन भएको थियो । आज नेपालमा गणतन्त्र स्थापना भएको १६ वर्ष भइरहदा यसको समीक्षा त गर्ने बेला भएको छैन तर यसको संस्थागत गर्नका लागि पनि खबरदारी आवश्यक देखिएको छ ।ग्णतन्त्र स्थापनापछि राजनीतिमा देखिएको विकृतिका कारण पनि नागरिकहरुलाई कतै गणतान्त्रिक शासन ब्यवस्था नै गलत हो कि भन्ने भान परेको छ र पारिएको छ । गणतन्त्र भर्खर किशोर अवस्थामा प्रवेश गर्दै गर्दा यो शासन सही÷गलत भन्ने बेला भएको छैन । बरु गणतन्त्रका ठेकेदार भनिएकाहरुबाट भएको बद्मासीको खबरदारी गर्न आवश्यक छ र गणतन्त्रलाई अझै संस्थागत गर्न आवश्यक छ । गणतन्त्रमा देखिएको सबै विकृति अन्त्य होस् १६ औं गणतन्त्र दिवसको सबैमा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here