कलैया,राष्ट्रिय तत्मा समाज नेपालको बारा जिल्ला अधिवेशनको लागि केन्द्रीय उपाध्यक्ष सिकेन्द्र दासको विशेष उपस्थितिमा कलैयामा शनिवार बृहत् भेला सम्पन्न भएको छ ।भेलाले जिल्ला अधिवेशनको लागि फेटा गाँउपालिका – १ त्रिवेणीको खैरामाई झुलुङ्गे पुलमा यही बैशाख ३० गते शनिवार बिहान ११ बजेदेखि एक दिने कार्यक्रम गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको छ ।भेलामा फेटा गाउँपालिका वडा नम्बर १ का वडा अध्क्ष बिगन दासको संयोजकत्वमा ११ सदस्यीय कार्यक्रम व्यवस्थापन कमिटी चयन गरिएको छ । जिल्ला अधिवेशन र लगतै जेठ १३, १४ र १५ गते तीन दिनसम्म राष्ट्रिय महाअधिवेशनको लागि रामजन्म दासको संयोजकत्वमा ९ सदस्यी प्रचार प्रसारण कमिटी पनि गठन गरिएको छ ।जिल्ला अधिवेशनको लागि जिल्ला भरिका ५० वटा गाँउमा रहेका तत्मा स्वजातीयले जिल्ला नेतृत्व चयन गर्नेछन । ५१ सदस्यी जिल्ला कमिटी चयनको लागि अधिवेशन आह्वान गरिएको हो ।मधेस प्रदेशमा पिछडिएको समुदायमा रहेको सो जाति पछिल्लो समय आफ्नो माग सम्बोधन र राज्यबाट पाउनु पर्ने अधिकारको लागि संगठित हुन थालेको छ । पहिचान र राज्यको मुलधारमा प्रतिनिधित्व गराउने लगायत छुवाछुत, दाइजो, विपन्नता जस्ता कुरितिलाई निर्मुल पार्न सवलीकरण र सशक्तीकरणसहित शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सरकार समक्ष आफ्ना मुद्दा उठान र पूरा गराउन भुमिका खेल्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य राजकुमार दासले बताउँनुभयो ।भेलामा तत्मा समाजका केन्द्रीय सदस्य कृपाल दास, रामअधार दास, सुवर्ण गाँउपालिका – ६ का वडा अध्यक्ष शिवधारी दास, फेटा गाँउपालिका १ का वडाअध्यक्ष बिगन दास, महागढीमाई नगरपालिका ९ का वडा सदस्य उमेश दास र स्थानीय तहका विभिन्न पदमा निर्वाचित जनप्रतिनिधि लगायत पत्रकार पन्नालाल दास, रामजन्म दास, मोसाफिर दास, रामपृत दास, हरेन्द्र दास, रम्भु दास, भोला दास, भुटन दास, श्रीदास, रामअयोध्याय दास, राजेश्व दास, राधामोहन दास, छठु दास लगायतको सहभागिता रहेको थियो ।जिल्ला अध्यक्ष कपिलदेव दासको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।