कलैया,बाराको फेटा गाउँपालिकामा बोक्सी प्रथा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको ‘कुनै मान्छे बोक्सी हुन्न कहिल्यै’ चलचित्रको बिहीवार प्रर्दशन गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत फेटा गाउँपालिका वडा नम्बर ३ फेटास्थित गाउँपालिका कार्यालयको सभा हलमा राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको संयुक्त आयोजनामा सो चेतनामूलक चलचित्र प्रदर्शन गरिएको हो ।
फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आतिथ्यतामा भएको सो फिल्म प्रदर्शनीमा गाउँपालिकाकी उपाध्यक्ष निलम साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीलगायत स्थानीय सर्वसधारण, भद्रभलादमी, वुद्धिजिवी, समाजसेवी, स्थानीय जनप्रतिनिधि, जेष्ठ नागरिक, संचारकर्मी तथा सुरक्षाकार्मीहरुको समेत उपस्थिति रहेको थियो ।



















