कलैया,विश्व रक्तदान दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिका– ६ अस्पताल रोडमा रहेको कलैया हस्पिटल प्रा.लि.को आयोजनामा शनीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान गरौं, जीवनदान गरौं’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रममा दुई महिलासहित २७ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।
कलैया ब्लड बैंकका कर्मचारी कृष्ण यादवका अनुसार रक्तदान गर्ने महिलामा संगीताकुमारी साह र श्रृष्टीकुमारी साह रहेका छन् ।

अन्य रक्तदाता मध्ये डा. बनारसीलाल केशरी, दरोगाप्रसाद साह कानु, श्यामबाबु महतो, सूर्यकुमार यादव, अमित कुमार, रहिस अन्सारी, रोहित यादव, रामएकबाल यादव, शशी दास, उनेश शर्मा, शिवकुमार साह, भिखारी साह सोनार, अनिलकुमार यादव, मुना गुप्ता, रनबीर चौधरी, इन्द्रजित चौधरी, पर्वतकुमार यादव, प्रभु यादव, कृष्णकुमार यादव, रमिज राजा, डा. कासीलाल केशरी, नमन चौगाई, सिनोद गुप्ता, विकास पोडर र राजेश साह रहेका छन् ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य शशी दास, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा कुरुवा सहितको सहभागिता थियो ।
वीरगञ्जमा रक्तदान गर्ने संघसंस्थालाई सम्मान
वीरगञ्ज,विश्व रक्तदाता दिवस २०२५ को अवसरमा वीरगञ्जमा रक्तदानको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने संघसंस्थाहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।ब्लड डोनर्स एसोसियशन वीरगञ्ज, पर्साको आयोजनामा वीरगञ्जस्थित होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा २०८१ सालभरि २५ पिन्टभन्दा बढी रक्तदान गर्ने संघसंस्थाहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमको अध्यक्षता एसोसियशनका अध्यक्ष शत्रुघन नेपालले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रा, मधेस खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ता, वीरगञ्ज– ९ का वडा अध्यक्ष जवाहिर गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, वीरगञ्ज– ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका भगवान पटेल र रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको विशेष उपस्थिति थियो ।
कार्यक्रमको स्वागत मन्तव्य निशान्त लामिछानेले राख्नुभएको थियो । कार्यक्रममा अरबिन्द सिंह, राजन श्रीवास्तव, ओमकुमार झा, रानीघाट उपशाखाका सभापति शति सिंह राजपूत लगायत समाजसेवी र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।ब्लड डोनर्स एसोसियशन वीरगञ्जले नियमित रक्तदानको महत्वलाई ध्यानमा राखेर वर्षभर निरन्तर सक्रिय रहेका संस्थाहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले कार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply