नेकपा एमाले प्रमुख प्रतिपक्षमा छ । एमालेले प्रतिपक्षको रुपमा केही कुरा उठाएर सत्तापक्षधरहरुलाई सहज बनाउना भन्ने पनि नागरिकहरुको आश हो तर कतिपय अवस्थामा सत्तापक्ष र प्रतिपक्ष मिल्दा जनतामा राजनीतिक बेइमानी र मजाक जस्तो देखिएको छ । यस्तै मजाक जनार्दन शर्माको कुरामा पनि भएको छ । करिब एक महिनाअगाडि अर्थमन्त्रीबाट राजिनामा दिएका शर्माले फेरि आइतबार पद सुम्हाले ।

उनी निर्दोष भए वा बनाइयो भन्ने कुरा यक्ष प्रश्न हो । एमालेले एम अधिकारीसंगको सट्टामा अर्थमन्त्री शर्माको कुरा मिलाएपछि उनले गरेको गलत हर्कतको समाचार लेख्ने संचार माध्याम र पत्रकार मिथ्या साहित भएका छन् । उनीहरुले झुटो समाचार संप्रेषण गरेको पुष्टि गराइएको छ ।

यसरी निर्दोष व्यक्तिलाई फसाउने अधिकार संचारकर्मीलाई कसले दियो, उनीहरुलाई कारबाही अब हुनुपर्छ कि पर्दैैन ? कि त शर्माले गलत गरेको हुनुपर्छ कि त पत्रकारले ? शर्मा चोखो भइसकका छन् । माओवादीमा अर्को मान्छे नै नभएको जसरी शर्मालाई फेरि मन्त्री बनाइयो यो राजनीतिक बोइमानी नै हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here