काठमाण्डौ – एन्फा महिला लिग फुटबलअन्तर्गत शनिवारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएको हो ।
एपीएफको लागि सविता रानामगर र गीता रानाले एक÷एक गोल गरे । आर्मीकी बिमला चौधरीले एक गोल फर्काइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागी छन् ।


















