कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा बिहीवार एक कार्यक्रमका बीच पशु हाट बजारको सुरु गरिएको छ । ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले रिबन काटेर उद्धाटन गरेपछि विजयबस्तिमा पशु हाट बजार सुरु भएको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित बिजयबस्तिमा हप्ताको दुई दिन (आइतबार र बिहीवार)हाट लाग्ने बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिलवालले जानकारी दिनुभयो ।
हाट बजारले यस क्षेत्रका किसानहरुलाई पशुपालन पेसामा आकर्षित हुन मद्दत पुग्ने र किसानहरु लाभान्वित हुने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष मानबहादुर थिङ, नेकपा एमाले युवा नेता तथा एमाले ठोरी गाउँपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, पुर्ववडा अध्यक्ष बहिबहादुर पाख्रिन, पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेरामप्रसाद यादव, डा. पुष्पेन्द्र साह डा. दिनेशकुमार तिवारी, जिराभवानी गाउँपालिका पशु शाखा प्रमुख छत्रबहादुर साह, नेपाली काङ्ग्रेसका नेता रामबहादुर श्रेष्ठ, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्यामकृष्ण श्रेष्ठ, सशस्त्र प्रहरी बोर्डर आउट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक दिपक नापितलगायत स्थानीयवासिन्दा र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ठोरीको पशु हाट बजार जिल्लाकै दोस्रो हो । यसअघि पर्साको जगरनाथपुरमा पशु हाट बजार सन्चालनमा छ।
कार्यक्रम बजार व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन स्थानीय गोपीश्रेष्ठले गर्नुभएको थियो ।