निजगढ,श्री सप्तरेखी महिला पशुपालन सहकारी संस्था, निजगढको आयोजनामा निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलमा शुक्रवार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थानीय शिक्षाशक्ति आधारभूत विद्यालय, निजगढ– १ को प्राङ्गणमा शिविर संचालन भएको हो । शिविरको अध्यक्षता संस्थाकी अध्यक्ष सावित्रीदेवी भारतीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि निजगढ वडा नं. १ का वडा अध्यक्ष मङ्गल लोप्चन रहनुभएको थियो भने विशिष्ट अतिथिमा निजगढ सिटी हस्पिटलका प्रमुख सञ्जीव यादव, शिक्षाशक्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव लोप्चन, विद्यालयकी प्रधानाध्यापक धनकुमारी सिग्देल, निजगढ नगरपालिका नगरकार्यपालिका सदस्य फुलमाया लामा, निजगढ आँखा अस्पतालका सञ्चालक दिलीपकुमार यादव तथा डेन्टिस्ट डा. दिनेश पटेलको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा समाजसेवी तथा सहकराी संस्थाका उपाध्यक्ष महेशी कुँवर, सदस्य खड्गप्रसाद उप्रेती, समाजसेवी नवराज तिमल्सिनालगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष वासुदेव तिमल्सिनाले गर्नुभएको थियो । शिविरमा सहभागीहरूले ओपिटी जाँच, आँखाको जाँच र दाँतको जाँच गराउनुको साथै औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो ।कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाप्रति सचेत पार्ने उद्देश्यले विद्यालयका बालबालिकाहरूलाई ब्रस, साबुन तथा टुथपेस्ट वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमहरूले सामुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।



















