कलैया,कलैया उपमहानगरपालिकाले बुधबारदेखि कलैयाको भरतचोकमा सुविधा सम्पन्न नयाँ सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।उपमहानगरपालिकाले छोटो समयमै नयाँ शौचालय तयार गरी सर्वसाधारणका लागि खुला गरेको हो । पुरानो शौचालय लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो । जीर्ण र अव्यवस्थित शौचालयका कारण प्रयोग कर्ताले यसअघि समस्या बेहोर्दैआएका थिए ।
मेयर विनोद साहका अनुसार पुरानो शौचालय भत्काएर सो स्थानमा घण्टाघरसहित आकर्षक पार्क निर्माण गरिनेछ ।
कलैया उपमहानगरपालिकाको मुख्य चोक घण्टाघर नजिकै नयाँ शौचालयको सञ्चालनसँगै कलैया बजारको सौन्दर्यकरणमा टेवा पुग्ने र सार्वजनिक सरसफाइमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।



















