हेटौंडा – मकवानपुरको हेटौंडा अस्पतालमा लकडाउनपछी सुत्केरी गराउने क्रम बढेर गएको छ । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले गरेकोे लकडाउनका कारण पनि हेटौंडा अस्पतालमा सुत्केरी गराउन आउनेहरु धेरै बढेका हुन् । कोरोनाको त्रासका कारण सामान्य र जटिल प्रकारका सुत्केरी गराउने काम पनि अस्पतालमा हुने गरेको अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर हरि बहादुर खड्काले वताउनुभयो ।
लकडाउनपछी सुत्केरी गराउन स्वास्थ्य मन्त्रालयको समन्यायमा प्रसूति अस्पताल बाट तीन जना अध्यनरत प्रसूति रोग बिशेषज्ञ काममा डाक्टर सरिता जोसी, डाक्टर वर्षा पौडेल र डाक्टर जयन्ती यादवलाई हेटौंडा अस्पतालमा पठाएपछी अहिले जटिल प्रकारका सुत्केरी गराउने काम पनि भएको छ । लकडाउनपछी हेटौंडा अस्पतालमा करिव २ सय ५० जना महिला सुत्केरी भएको डाक्टर खड्काले जानकारी दिनुभयो । तीन जना डाक्टर आएपछी जटिलखालका अप्रेसन पनि हुने गरेको छ ।
तीनैजनाले ओपीडी, इमरजेन्सी सेवा दिइरहनु भएको छ । लकडाउनका कारण मकवानपुरको गाउँगाउँमा रहेका स्वास्थ्यचौकीमा पनि सुत्केरी गराउन नसक्ने भएका कारण हेटौंडा अस्पताल आउने र यहाँबाट सुत्केरी गराउनकै लागि भरतपुर जान पनि नचाहने भएका कारण सुत्केरी गराउनेहरु वढेका हुन् ।