अनिल तिवारी
सिमरा  – राष्ट्रिय गौरवको आयोजना अन्तरगत रहेको बाराको पथलैया विरगंज ब्यापरीक मार्गको काम लकडाउनको समयमा पनि हुदै आएको छ । कोरोना भाइरस (कोविड–१९) का कारण देश पुरै लक डाउन भएको समयमा बन्द गरीएको निर्माण कार्यलाई ठेकेदार कम्पनी शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिले पुनः शुरु गरेको हो ।

 

 

 

 

स्थानिय निकायको पहलमा लक डाउन भित्र जील्लाकै मुख्य बजार जीतपुर बजारलाई लक्षित गरी काम अगाडी बढाउने सहमती भएपछि ब्यापारीक मार्ग आयोजना कार्यालय पथलैयालाई काम अगाडी बढाउन यस कम्पनिलाई निर्देशन दिएको थियो ।

 

 

 

 

बढि भिडभाड हुने बजार क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेर आफुहरुले काम आगाडी बढाएको शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिका प्रोजेक्ट कोडिनेटर प्रभात गिरीले जानकारी दिनुभयो ।

 

 

 

उहाँले कोरोनाको संक्रमण सर्न नदिन समाजीक दुरीका साथै सबै सुरक्षा उपाए अपनाएर काम अगाडी बढाएको बताउनुभएको छ । हाल जीतपुरमा बजारमा बाकीँ रहेका नाला निर्माण र साईड लेनको सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको गिरीले बताउनुभयो ।

 

 

 

 

 

यता ब्यापारीक मार्ग आयोजना कार्यालयका ईन्जिनियर विवेक झाले पछाडी परेका दुई प्रोजेक्टको कामललाई अगाडी बढाउन लकडाउनको समयमा पनि काम शुरु गरीएको जानकारी दिनुभयो । उहाँले सडकसंगै असार मसान्तसम्मको समय सिमा रहेको तिन ओटा पुलको समेत काम अगाडी बढेको बताउनुभयो ।

 

 

 

 

 

७८ करोडमा ५ दशमलव ४ किलो मिटरको सडक निर्माणको सम्झौता गरेको यस शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभि कम्पनीले समयमा आफ्नो काम सम्पन्न नगरेका कारण यसको कार्य प्रगति ४२ प्रतिशत मात्र रहेको आयोजना कार्यालय पथलैयाले जनाएको छ ।

Leave a Reply